टाइफाइड कसरी लाग्छ ? यसबाट बाच्ने उपायहरु

टाइफाइड कसरी लाग्छ ? यसबाट बाच्ने उपायहरु

टाइफाइड एक किसिमको ब्याक्टेरियाले लाग्ने रोग हो।टाइफाइडले गर्दा ज्वरो आउदा खेरी काम्ने, पसिना छुट्ने, लामो समयसम्म ज्वरो आइरहने, खाना खान मन नलाग्ने, शरीर कमजोर हुने, जोर्नीहरू पनि दुखेर आउने यी सबै टाइफाइडका लक्षणहरु हुन् तर यी लक्षणहरु अरु रोगको लक्षणहरु संग मिल्दोजुल्दो छन्।  त्यसैले अस्पताल गएर जाच गरीहाल्नु पर्दछ र चिकित्सको सल्लाहअनुसार औषधी खानुपर्दछ ।टाइफाइड विशेष गरेर फोहर पानी र फोहर खानाले गर्दा लाग्ने गर्दछ ।

ज्वरो लामो समयसम्म आउदा हामीले जतिसुकै चाडो रगत जाच गराई चिकित्सको सम्ल्लाहनुसर औषधी सेवन गर्नुपर्दछ । टाइफाइडले गर्दा हाम्रो शरीरको  आन्द्रा भुडीमा प्वाल पार्नसक्छ Liver मा पनि Infection गर्न सक्छ त्यसैले टाइफाइड हुदा  समयमै जाच  गराएर औषधी खादा उचित हुन्छ।

बिशेष गरेर बच्चाहरुमा टाइफाइड हुदा ज्वरो  सहन  नसकेर शरीर काम्ने, बोली लरबराउने हुन सक्छ यदि ज्वरो एक दुई दिन आयो भने Viral ज्वरो हुनसक्छ तर लामो समयसम्म ४, ५ दिन वा एक हप्ता भन्दा माथि गयो भने जाच गराईहाल्नु पर्दछ। टाइफाइड हुदा बिशेष गरेर पानी तताएर खाने, सकेसम्म बाहिरको खाना नखाने घरमा बनेको खानाहरु खाने गर्नु पर्दछ ।

यसबाट उपायहरु 

  • तातो पानीको प्रयोग गर्नुपर्दछ।
  • सकेसम्म बाहिरको खाना नखाने घरमा बनेको खानेकुरहरु खाने ।
  • पोसिलो तथा प्रोटिनयुक्त खाना खाने गर्नुपर्दछ ।
  • वरिपरिको वातावरण सफा हुनुपर्दछ ।
  • अमीलो तथा चिल्लो खानेकुरा नखाने ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •