viral fever

भाइरल ज्वरो र यसबाट बाच्ने उपायहरु

सामान्य भाषामा भन्नुपर्दा  शरीरको तापक्रम १०० डिग्री (Fahrenheit) भन्दा बढी आएमा  भाइरल ज्वरो भनेर बुझ्न सकिन्छ ।जुन हाम्रो शरीरको सामान्य तापक्रम भन्दा माथिको तापक्रम स्केल हो ।एक्कासी ज्वरो आएमा, टाउको दुख्ने, जिउ दुख्ने, खाना खान  मन नलाग्ने, मांशपेशी दुख्ने जस्ता लक्षणहरु देखिएमा भाइरल ज्वरो  आएको मनिन्छ ।भाइरल ज्वरो आउदा शरीरको तापक्रम एकदमै बढी भएको महसुस हुन्छ ।भाइरल ज्वरो मौसमको परिवर्तनले,  दुषित खाना पानीले र वायुप्रदुषणको कारणले पनि हुने गर्दछ ।एक्कासी ज्वरो आउदैमा हामीले आत्तिनु  पर्दैन किनभने घरेलु उपचारले घरमा बसिबसि  निको  पार्न सक्छौ ।यदि लगातार ज्वरो आईराख्यो  भने चिकित्सको सल्लाह लिएर औषधी सेवन गर्नु पर्दछ ।

    भाइरल ज्वरोका उपायहरु 

  • विशेष गरेर तातो पानीको सेवन गर्नु पर्दछ ।
  • बासी तथा चिल्लो खानेकुराहरु नखाने, सादा खाने कुराहरु खाने गर्नुपर्दछ ।
  • तातो पानीको बाफ लिने गर्नुपर्दछ ।
  • नुनपानी ले राम्ररी कुल्ला गर्नुपर्दछ ।
  • पोसिलो खानेकुराहरु खानुपर्दछ ।
  • तातोपानीमा एक चम्चा मह, आधा चम्चा तुलसीको पात, एक चम्चा अदुवाको रस मिक्स गरेर खादा उचित हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •