piles healthupaya

पायल्स हुनुका कारण, लक्षण र यसका उपायहरु

पायल्स पाचन शक्ति कमजोर भएर लाग्ने रोगको रुपमा लिन सकिन्छ । पाचन शक्ति कमजोर भएर लाग्ने एउटा रोग हो , यसलाई कब्जियतले जन्म दिन्छ । यसलाई गाउघरमा बाबासिर भनेर बुझ्ने गरिन्छ र पायल्सका धेरै जसो बिरामीहरु हुन्छन् ।

शरीरको एउटा नसा जुन दिसा गर्ने मलद्वारको मुखनिर हुन्छ त्यो नसा फुलेर रगत बग्नुलाई (bleeding) पायल्स भनिन्छ।साधारण अर्थमा भन्नुपर्दा पायल्स नसा फुल्ने क्रममा दिसा गर्ने मलद्वारको मुखमा प्रेसर पर्दा त्यो नसा फुलेर च्यातिन्छ र च्यातिएर रगत बग्नुलाई पायल्स भएको हो भनेर बुझन सकिन्छ । गर्भवती भएको  अवस्थमा पायल्स हुने सम्भावना बढी हुन्छ ।पयाल्स दुई प्रकारको हुन्छ (भित्रि र बाहिरी) । 

पायल्स कसरी हुन्छ : कारणहरु

  • कब्जियत हुनाले 
  • पिसाबमा गडबडीको समस्याले 
  • दमको बिरामीहरुले एकदमै खोकी लाग्ने भएकाले 
  • बढी चिल्लो , पिरो खाना खानाले कब्जियत भएर 
  • बिभिन्न किसिमका औषधिहरुको सेवनले 
  • थाइराइड को बिरामी भएकाले 

यसका लक्षणहरु

  • दिसा गर्न अप्ठ्यारो हुने 
  • मलद्वार दुख्ने  
  • दिसा गर्ने क्रममा मलद्वारको मुखबाट रगत आउने  

यसका उपायहरु

  • हरियो सागसब्जी खाने 
  • धेरै भन्दा धेरै पानी पिउने गर्नुपर्छ ।
  • धेरै मसलादार खाना नखाने, रातो मासु नखाने ।
  • खानामा ध्यान दिनुपर्छ सुक्खा खान खानुहुदैन ।
  • पायल्स बढी भएमा चिकित्सको सल्लाह लिएर सल्यक्रिया गर्दा उचित हुन्छ ।
  •  
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share