थाइराइड भनेको के हो ? लक्षण र बच्ने उपायहरु

थाइराइड  भनेको के  हो ? लक्षण र बच्ने उपायहरु

थाइराइड  भनेको हाम्रो  घाटीमा  रहेको एउटा सानो आकारको इन्डोक्राइम  ग्रन्थिमध्ये को एक ग्रन्थि हो ।यो थाइरारड ग्रन्थि श्वासनलीको माथि पट्टि र स्वरयन्त्र को  दुबैतर्फ  रहेको हुन्छ ।थाइराइडले थाइरोक्सिन हर्मोन उत्पादन गर्दछ र यसलाई हाम्रो रगतसम्म पुगाउछ र हाम्रो शरीरको मेटाबोलिजम सिस्टमलाई नियन्त्रण गर्ने कार्य गर्दछ ।यो थाइराइड  ग्रन्थिले दुई प्रकारको हर्मोन उत्पादन गर्दछ ।

थाइराइड को समस्या एकैपटक देखिदैन बिस्तारै बिस्तारै देखिने गर्छ किनभने घाटीमा भएको थाइराइड को समस्यालाई कसैले ध्यान पाइदैन जब रोग बढ्छ तब सम्म यसले धेरै बिगारी सकेको हुन्छ । बिशेष गरी थाइराइड को समस्या महिलाहरुमा बढी  देखिने गर्दछ ।हर्मोनको कमीको कारण महिलामा यो समस्या बढी देखिन्छ |

थाइराइड हुनुका कारणहरु 

  • अत्याधीक मात्रामा प्रोटिनको सेवनले गर्दा 
  • गर्भवती भएको समयमा हर्मोनको परिवर्तनले  गर्दा 
  • बिभिन्न औषधिको सेवनले गर्दा 
  • कामको चाप, समयमा खानापिना नहुनाले, आयोडिनयुक्त खानाको कमी 

थाइराइडका लक्षणहरु 

  • शरीर सुकेर पातलो हुने 
  • शरीर झमझमाउने , कपाल झर्ने र सेतो हुने 
  • थकाइ  लाग्ने, बढी निन्द्रा लाग्ने 
  • छाला सुक्खा हुने 
  • शरीर कमजोर लाग्ने 

थाइराइडबाट बच्ने उपायहरु

  • दुध दही खाने गर्नुपर्छ दुध दही खादा शरीरमा क्याल्सियम बढेर आउछ 
  • गहु र जौ बाट बनेको खानेकुराहरु खानेगर्नु पर्छ 
  • कालो मरिच को सेवन, धानियको पातलाई पानीमा पकाएर यसको चिया नियमित खाली पेटमा खाने गर्नु पर्छ
  •  
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share