गर्भनिरोध स्थायी बिधिका फाईद र बेफाईदहरु ?

गर्भनिरोध स्थायी बिधिका फाईद र बेफाईदहरु ?

गर्भनिरोधका स्थायी बिधिहरु (Permanent Methods of Contraception) 

एक पटक अपनाएपाछि फेरी गर्भधारण गर्न नसक्ने गरी अपनाइने गर्भ निरोधको बिधिलाई स्थायी बिधि भनिन्छ ।यो बिधि खासगरी सन्तानको रहर पुगिसकेका दम्पतिहरुले अपनाइने गर्दछन् ।यो पनि पुरुष स्त्रीमा  फरक फरक हुन्छ ।जस्तै : पुरुष Vasectomy, स्त्री Mini Lap \ Laparoscopy 

  • पुरुष बन्ध्याकरण :भ्यासेक्टोमी (male Sterilization: Vasectomy) 

यो एक प्रकारको साधारण शल्यक्रियाबाट गरिन्छ यसमा पुरुष प्रजनन अङ्गका दुवै शुक्रवहिनी नली (Vas Deference Ducts ) लाई काटेर बाधिन्छ शल्यक्रिया गर्नुपुर्व दुखाई कम गर्न सुई लगाइन्छ |  यो सन्तानको रहर पुगिसकेको तर हर्निया, हातिपाइले, हाड्रोसिल, लिङ्गमा घाउखटिरा वा गाठगुठी र मधुमेहजस्ता रोग नभएका व्यक्तिहरुले मात्र गर्न उचित हुन्छ |शल्यक्रियापछि पुरुषको शुक्रकिट (Sperms) विर्यरसमा मिसिन पाउदैन यसले गर्दा शुक्रकिट र आन्डाको मिलन हुन पाउदैन र महिला गर्भवती हुन सक्दिनन्  |

भ्यासेक्टोमीका फाइदाहरु(Advantages of Vasectomy)

  • यो एकपटक गरिसकेपछि पटक पटक गरिरहनु पर्दैन |                               
  • यसबाट कुनै दर्घकालीन असर पर्दैन | 
  • यौन आनन्दमा कुनै कमी आउदैन |
  • कुनै अन्य अस्थायी साधनहरु खरिद गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ |
  • यो सजिलै ९९% प्रभावकारी छ |

बेफ़ाइदहरु(Disadvantages of Vasectomy)

  • कुनै कारणवस फेरी सन्तान आवश्यक परेमा शुक्रवहिनी नली जोड्न निकै गाह्रो हुन्छ |
  • सल्यक्रिया गर्ने बित्तिकै काम नगर्ने भएकाले अलि झन्झटिलोहुन्छ |
  • यौन सम्पर्कका माध्यमबाट सर्वरोगहरुबाट सुरक्षा गर्दैन |
  • सल्यक्रिया गर्दा समान्य प्रकारबाट केहि प्रतिकुल असरहरु पनि देखिन सक्छन् | 

महिला बन्ध्याकरण : ल्याप्रोस्कोपी  र मिनिल्याप (Female sterilization : Laparoscopy and Mini-lap)  

महिलाहरुमा महिनावारी सुरु भएदेखि नरोकिएसम्म प्रत्येक महिना डिम्बासय एकएक ओटा डिम्ब उत्पादन हुन्छ र उक्त डिम्ब डिम्बबाहिरी  नली  हुदै पाठेघर तिर आउदै गर्दा शुक्रकिटसँग  मिलन भएमा गर्भ रहन्छ  महिला बन्ध्याकारणमा  ती दुबै डिम्बबहिनी नलीलाई सल्यक्रियाद्वारा काटेर वा Cleap लगाएर अवरोध पर्ने काम गरिन्छ जसबाट डिम्ब पाठेघरतर्फ आउन पाउदैन र शुक्रकिटसँग मिलन हुन नपाएपछी गर्भ पनि रहन सक्दैन डिम्बबहिनी लाई अबरोध पार्ने प्रक्रियाको आधारमा यो निम्न दुई प्रकारको हुन्छ 

Minilab \ Minilaparotomy

यसविधिमा सानो सल्यक्रिया गरी जसबाट शुक्रकिट र डिम्बको मिलन हुन पाउदैन र गर्भ पनि रहन पाउदैन यो सल्यक्रिया अनिभवी चिकित्सकले सजिलै गर्न सक्ने भएकाले यो बढी लोकप्रिय छ गर्भ पनिरहदैन यो मिनिल्यंपको तुलनामा अलि जटिलहुने भएकाले नेपलमा त्यति लोकप्रिय छैन

यिनका फाइदाहरु

  • यो एक पटक गरिसकेपछी पटक पटक गरिरहनु पर्दैन
  • यो गरिसकेपछी गर्भनिरोधका अरु साधन प्रयोग गरिरहनु पर्दैन
  • स्तनपन गराउने महिलामा कुनै असर पर्दैन
  • यो सामान्य सल्यक्रियाद्वारा सजिलै गर्न सकिन्छ
  • सल्यक्रिया गर्ने बित्तिकै प्रभावकारी हुन्छ
  • यौनसम्पर्कको समयमा कुनै बाधा उत्पन्न हुदैन

यिनका बेफाइदाहरू

  • स्थायी बिधि भएकाले कुनै कारणवस फेरी सन्तान चाहिएकोमा सन्तान जन्माउन सकिदैन
  • सल्यक्रिया गर्ने भएकाले केही झन्झटिलो पनि छ
  • यो सल्यक्रिया सबै ठाउँमा सर्वसुलभ हुदैन
  • यसले यौनजन्य संक्रमणबाट सुरक्षा गर्दैन
  • सल्यक्रियाबाट केही समान्य जोखिम र असरहरु देखिन सक्छन् 
  •  
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share