ग्यास्ट्रिक कसरी हुन्छ ? यसको उपचार कसरी गर्ने ?

ग्यास्ट्रिक कसरी हुन्छ ? यसको उपचार कसरी गर्ने ?

ग्यास्ट्रिक साधारणतया खानापिनको कारणले हुन्छ भन्ने भनाई छ तर यो किटाणुको कारणले हुन्छ | ९०% भन्दा बढी ग्यास्ट्रिक किटाणुको संक्रमण बाट हुन्छ र अरुचाही शरीर दुखेमा प्रयोग गर्ने औषधि, दुखाई कम गर्ने औषधि र जाडरक्सि खाने चुरोट खाने कार्य ले गर्दा लाग्न सक्छ | पिरो अमिलो खादा त्यति हुदैन तर ग्यास्ट्रिक भैसकेको लाई झन् बढी हुन मदत गर्दछ |

ग्यास्ट्रिक हुदा निम्न लिखित लक्षणहरु देखा पर्छन:

  • पेट डम्म हुने खाना खान मन नलाग्ने
  • बान्ता आउने
  • छाती पोल्ने
  • तौल घट्दै जाने

यसबाट बच्ने उपायहरु:

  • तनाव बढी नलिने जाडरक्सी चुरोट नखाने
  • पिरो अमिलो चिल्लो खाना कम खाने
  • समयमा सुत्ने समयमा खाना खाने
  • सागपात फलफुल दुधदहि सबै खाने कुराहरु मिलाएर खाने
  • खाना खाने बितिकै नसुत्ने
  •  
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share