यी १० गुणले मानिस स्वास्थ्य छ / छैन जनाउछ । के हुन् ति गुणहरु जानीराखौ ।

यी १० गुणले  मानिस स्वास्थ्य छ / छैन जनाउछ । के हुन् ति गुणहरु जानीराखौ ।

रोगको अवधारणालाई  बिभिन्न समयवधिमा छुट्टाछुट्टै तरिकाले विश्लेषण गरेको पाइन्छ ।प्राचिन समयमा रोग भुत प्रेत दैविक शक्तिको रोगको दैविक सित्धान्त भनिन्छ । मद्यकालिन  समयमा रोग दृषित हावाले गर्दा लाग्छ भन्ने अवधारणाको विकास भयो |

Father of medicine भनेर चिनिने Hippocrates का अनुसार  Body fluid (शरीर रस) को असन्तुलनको कारणले रोग लाग्दछ भन्ने मान्यताको विकास भयो ।त्यसैगरी Louis Pasteur ले रेविज विरुद्धको खोप र Robert Koch ले हैजाको जीवाणु  पत्ता लगाएपछि रोग बिभिन्न जीवाणु किटाणुको कारणले लाग्दछ  भन्ने अवधारनाको विकास भयो जसलाईरोगको जीवाणुको सित्धान्त भन्ने गरीन्छ रोग भन्नाले शारीरिक कार्य गर्न नसक्ने लाई बुझिन्छ ।

शरीर वा शरीरको कुनै पनि अंगहरुको कार्यमा आएको गडबडीका कारण असजिलो हुनु तथा दैनिक कार्यहरु गर्न नसक्ने अवस्थालाई रोग भनिन्छ। पर्यावरणिय  दृष्टिकोण अनुसार वातावरणसंग मानव शरीरको असन्तुलित समयोजनलाई रोग भनिन्छ ।

स्वास्थ्य व्यक्तिमा हुनुपर्ने गुणहरु:

  1. कुशलता तथा उत्साहकासाथ काम गर्ने क्षमता 
  2. कल्याणको भावना भएको 
  3. आत्मविश्वास तथा नियन्त्रण 
  4. स्फूर्ति
  5. स्वास्थ्य मानसिक दृष्टिकोण
  6. रोगबाट मुक्त भएको 
  7.  समुहमा मिलेर काम गर्ने क्षमता
  8. सामुहिक नेतृत्व वहन गर्न सक्ने क्षमता 
  9. सकारात्मक सोच र निर्णय गर्न सक्ने क्षमता
  10. अनावश्यक तनावबाट मुक्त 
  •  
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share